आन्दोलनकारीविरुद्ध माइतीघरमा नाराबाजी, घर फर्केका शिक्षकको दुर्घटनामा प्राणान्त
शिक्षक आन्दोलनमा पुगेर शिक्षकहरुविरुद्ध नाराबाजी गरेका एकजना पक्राउ परेका छन् । माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा शिक्षकहरुलाई गालीगलौज गर्दै हिँडेकालाई नियन्त्रणमा लिइएको छ ।
आफूलाई विद्यार्थीको अभिभावक बताउने उनको विस्तृत परिचय खुलाइएको छैन । अपशब्द प्रयोग गर्दै नाराबाजी गरेपछि केही शिक्षकहरुले उनीमाथि हातपात समेत गरेका थिए । अहिले उनलाई प्रहरीले जिल्ला परिसर भद्रकाली पुर्याएको छ ।
त्यस्तै, शिक्षकहरुले आज सकडमै शोक मनाएका छन् । आन्दोलनमा सहभागी भएर घर फर्किंदा दुर्घटनामा परेर ज्यान गुमाएका मनाङका एक प्रधानाध्यापकको सम्झनामा उनीहरुले सडकमै दुःख व्यक्त गरेका हुन् । आज शिक्षकहरुले नाचगान र नाराबाजीसमेत रोकेर मौन प्रदर्शन गरेका थिए ।
टिप्पणीहरू