सुन्दरीहरुको लफडा मिलाउन सुन्दरीकै पहल, बिहेपछि समस्या हल

मनोरञ्जन क्षेत्रमा दोस्ती र दुश्मनीको सम्बन्ध खासै लामो समय टिक्दैन भन्ने गरिएको छ । नेपाली मनोरञ्जन बजार सानो भएको कारण सेलिब्रेटीहरु एक–आपसमा ठोकिरहन्छन् । नयाँ वर्षको पहिलो सातामा दुई सेलिब्रेटीको पुनर्मिलन चर्चाको विषय बनेको छ ।
मोडल तथा पूर्व मिस नेपाल श्रृखंला खतिवडा र अभिनेत्री नीति शाहबीचको तिक्तताले पूर्णविराम पाएको भन्न थालिएको छ । कुनैबेला श्रृखंलालाई युटुबर तथा भ्लगर सिसन बानियाँसँग जोडेर चर्चा गरिन्थ्यो । त्यसैगरी नीतिलाई कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग । तर समयक्रमसँगै श्रृखंला सिसनसँगको सम्बन्धलाई टुंगाएर सम्भवसँग नजिक भइन् । अहिले उनीहरु श्रीमान श्रीमतीको हैसियतमा छन् ।
उता नीति भने सोही कारण श्रृखंलासँग चिढिएको खबर त्यतिबेलै बाहिरियो । गत मंसिरमा आयोजित नेपाल प्रिमियर लिग (एनपिएल)को खेल हेर्न कीर्तिपुरको क्रिकेट मैदान पुग्दासमेत उनीहरु एक–अर्कासँग बोलेनन् । जबकि उनीहरु एउटै प्यारापिटमा बसेर खेल हेरिरहेका थिए ।
तर हालै आयोजित एउटा विवाह समारोहमा उनीहरुले सँगै उभिएर तस्बीरसमेत खिचाएका छन् । पूर्व मिस नेपाल (सन् २०१६) तथा मोडल अश्मी श्रेष्ठको विवाहमा दुवै जनाले ‘इगो’ त्यागेर सम्बन्ध सुधारेको उनीहरु निकटस्थको बुझाइ छ । श्रृंखला र नीतिबीचको अरुची एवम् तिक्तता हटाउन अर्की पूर्व मिस नेपाल अनुष्का श्रेष्ठले भूमिका खेलेको स्रोतको दाबी छ । अनुष्काले नै दुई जनाबीचको ‘मिसअन्डरस्ट्यान्डिंग’लाई अन्त्य गरेको चर्चा छ ।
यता, नीतिले पनि केही दिनअघि काठमाडौँ जिल्ला अदालत पुगेर अदालती बिहे गरिसकेकी छन् ।
टिप्पणीहरू