एमालेको ‘युथ सेलिब्रेशन’, प्रहरीलाई पत्राचार

एमालेको ‘युथ सेलिब्रेशन’, प्रहरीलाई पत्राचार

नेकपा एमालेले पर्सि वैशाख ११ गते ‘जनताले जितेको दिन’ को अवसरमा आयोजना गरेको ‘युथ सेलिब्रेशन’ समारोहमा शान्तिसुरक्षाको व्यवस्था मिलाउन प्रहरीलाई पत्राचार गरेको छ । कार्यक्रमस्थल भृकुटीमण्डप वरपर शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन मिलाउन आग्रह गर्दै आज पत्र पठाइएको हो । 

‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आयोजनामा यही २०८२ वैशाख ११ गते बिहिबार “जनताले जितेको दिन” भृकुटीमण्डप क्षेत्रमा युवा महोत्सव आयोजना गरिने भएकोले उक्त दिन तोकिएको क्षेत्रमा शान्ति सुरक्षा,ट्राफिक व्यवस्थापनलगायतका कार्यहरुमा आवश्यक व्यवस्था मिलाइदिनुहुन अनुरोध गरिन्छ’,पत्रमा उल्लेख छ । 

कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरु सहभागी हुनेछन् । हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिएको छ । जनताको संघर्षले सो दिन राजतन्त्रले घुँडा टेकेर लोकतन्त्रको स्थापना भएकाले ‘जनताले जितेको दिन’ पनि भनिन्छ ।

टिप्पणीहरू