कश्मिरमा मारिएका नेपाली बुटवलका सुदीप न्यौपाने भएको पुष्टि
भारतको जम्मू कश्मिरस्थित पहलगाममा हिजो भएको आतंकवादी हमलामा मारिएका नेपाली युवकको पहिचान खुलेको छ । घटनास्थलमा भेटिएको सवारी लाइसेन्सको आधारमा मृतक बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का सुदीप न्यौपाने रहेको पुष्टि भएको छ ।
हिजो आतंकवादी समूहले त्यहाँ २६ जना पर्यटकको हत्या गरेको थियो । तीमध्ये सुदीप पनि एक हुन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले न्यौपाने मारिएको पुष्टि गरेको छ ।
उनी परिवारका सदस्यहरुसँगै त्यहाँ घुम्न गएको बताइन्छ । आतंकवादी समूहको रुपमा खासै चर्चामा नआएको ‘द रेसिस्टेन्ट फ्रन्ट’ समूहले घटनाको जिम्मेवारी लिएको छ ।
टिप्पणीहरू