पूर्व राजाका नातीलाई हिरो बन्न सुझाव दिएकी हिरोइनमाथि ‘हमला’

पछिल्लो समय राजावादीहरुले सामाजिक सञ्जालमा सक्रियता बढाएको देखिन्छ । ‘रोयल फेम्सी अफ नेपाल’, ‘राजा आउँ, देश बचाउ’, ‘ज्ञानेन्द्र शाह’, ‘हिमानी शाह’, ‘राजसंस्था परिवार’ लगायका अनेकौँ फेसबुक आइडीबाट गणतन्त्रविरुद्धका कन्टेनहरु महंगाे बुस्टसहित सार्वजनिक हुँदै आएका छन् ।
राजसंस्थाको विरोध गर्नेहरुको फोटो तथा भिडिओ विभिन्न डिजिटल प्ल्याटफर्महरुमा शेयर गरेर बदनाम गर्ने उद्धेश्यले साइबर अट्याकसमेत हुन थालेको छ । र, यतिबेला अभिनेत्री सुरक्षा पन्त त्यसैको शिकार बन्न पुगेकी छन् ।
पन्त नेपाली चलचित्र वृत्तमा बौद्धिक र अब्बल अभिनेत्रीको रुपमा परिचित छिन् । उनको तर्क, विचार र शैलीले दर्शकमा पनि राम्रो छवि बनेको देखिन्छ । तर, उनले हालैको एक टेलिभिजन अन्तर्वार्तामा पूर्व राजा ज्ञानेन्द्र शाह र नाती हृदयन्द्रलाई ‘सामान्य नागरिक’ भनेपछि राजावादीको साइबर अट्याकमा परेकी हुन् ।
अहिले राजावादी प्रयोगकर्ताले पन्तलाई बहिष्कारको अभियान नै चलाएको देखिन्छ ।
के भनेकी थिइन् पन्तले ?
कार्यक्रम प्रस्तोताले पूर्व राजा ज्ञानेन्द्रको फोटो देखाउदै सोध्छन्, ‘उहाँलाई कसरी हेर्नुहुन्छ ?’ जवाफमा पन्त भन्छिन्, ‘एक समान्य नागरिक । सायद हामीभन्दा पनि सचेत नागरिक । किनकि उहाँहरु पहिल्यैदेखि प्रिभिलेज सिस्टमबाट आउनुभएको हो । हामीभन्दा धेरै दुनियाँ देख्नुभएको छ । र, मलाई उहाँको अनुहार हेरेर लाग्दैन कि उहाँलाई राजा बन्ने लोभ छ । बरु अरु नै कोही बढी इन्ट्रेस्टेड (इच्छुक) छन् जस्तो लाग्छ ।’
यत्तिकैमा प्रस्तोता अर्काे प्रश्न सोध्छन्, ‘राजसंस्था फर्काउने अभियानबारे चाहिँ ?’ यसमा पन्तले कूटनीतिक जवाफ दिएकी छन् । भन्छिन्, ‘राजावादीको अभियानले हाम्रो गणतन्त्रलाई सुधार गर्ने अवसर दिइहेको जस्तो लाग्छ । कुरा त अहिले गाउँ गाउँमा उठ्न थालिसकक्या छ । केही दिनअघि म चलचित्र छायाँकनको लागि राजधानीबाहिर गएको थिएँ, त्यहाँ पनि चोक चोकमा राजतन्त्र की गणतन्त्र भन्ने बहस चलेको देखेँ । त्यसकारण मलाई लाग्छ उहाँहरु(राजावादी)को आन्दोलनले गणतन्त्रको कमजोरी औँल्याएर अझै सुदृढ बनाउने सन्देश दिएको छ ।’
अभिनेत्री पन्तले ज्ञानेन्द्रका नाती हृदयन्द्रलाई भने ‘हिरो’ बन्न सुझाव दिएकी छन् । ‘अब राजा साजा त म जान्दिनँ, तर उहाँको गुड लुकिङ छ । चलचित्रमा क्षेत्रमा आएर हिरो बने राम्रै हुन्छ’, उनको सल्लाह थियो ।
समग्रमा पन्तले दिएको अभिव्यक्ति यत्ति हो । तर, राजावादीहरुले राजसंस्थाविरुद्ध बोलेको भन्दै उनीमाथि निशाना साँधिरहेका
टिप्पणीहरू