शिक्षामन्त्रीको राजीनामाबारे सरकारका प्रवक्ता बेखबर

शिक्षामन्त्रीको राजीनामाबारे सरकारका प्रवक्ता बेखबर

सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता पृथ्वीसुब्बा (पिएस) गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे अनविज्ञता प्रकट गर्नुभएको छ । 

क्याविनेटका निर्णय सुनाउने क्रममा उहाँले आज शिक्षामन्त्रीले पद छोडेको विषय औपचारिकरुपमा आफूलाई जानकारी नभएको बताउनुभएको हो । सरकारको प्रवक्ताको हैसियतले राजीनामाबारे आफूलाई थाहा हुनुपर्ने भएपनि औपचारिक पत्र नपाएको गुरुङको कथन छ । 

‘शिक्षामन्त्रीज्यूले राजीनामा दिएको भन्ने कुरा सरकारको जानकारीमा छैन’, उहाँले भन्नुभयाे, ‘उहाँले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुनुपर्ने हो, क्याविनेटको बैठकमा जानकारी हुनुपर्ने, त्यो भएको छैन ।’ 

भट्टराईले आफ्नो स्वास्थ्य समस्या जटिल बन्दै गएपछि राजीनामा दिने मनस्थितिमा पुगेको मन्त्री गुरुङ बताउनुहुन्छ । ‘विगत एक महिनादेखि उहाँ बिरामी हुनुहुन्छ , त्यसले उहाँ कार्यरत मन्त्रालयमा काम गरिराख्ने परिस्थिति नभएको होला’, उहाँले थप्नुभयो । 

भट्टराईले मन्त्री क्वार्टर समेत छाडिसकेको चर्चा छ नि ? भन्ने सञ्चारकर्मीको  प्रश्नमा पनि  गुरुङले भन्नुभयो, ‘क्वार्टर त काम नगर्ने भएपछि, विरामी भएपछि किन बसिराख्ने भन्ने होला नि उहाँको !’

टिप्पणीहरू