नेपाल-भारत संयुक्त सैन्य टोलीलाई सलामी दस्तुर छुट
फाइल फाेटाे
हिमाल आरोहणमा जाने नेपाल-भारत संयुक्त सैन्य टोलीलाई सलामी दस्तुर छुट दिइएको छ ।
हिजो बसेको क्याविनेट बैठकले कन्चनजंघा हिमाल आरोहण गर्दा लाग्ने दस्तुर नलिने निर्णय गरेको हो । भारतका १० र नेपालका १३ गरी २३ सैनिकले बैशाख-जेठ महिनामा उक्त हिमाल आरोहण गर्दैछन् ।
'इण्डो-नेपाल ज्वाइन्ट माउन्टेनरिङ टु माउन्ट कन्चनजंघा' कार्यक्रम अन्तर्गत उनीहरुले हिमाल चढ्न लागेको बताइएको छ ।
टिप्पणीहरू