मन्त्री भेट्न गएका शिक्षकहरु मन्त्रालय बाहिरबाटै फर्किए

मन्त्री भेट्न गएका शिक्षकहरु मन्त्रालय बाहिरबाटै फर्किए

सरकारसँग वार्ता गर्न सिंहदरबार पुगेका शिक्षक प्रतिनिधिहरु मन्त्रालय नै प्रवेश नगरी फर्किएका छन् । आज नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताका निम्ति बोलाएपछि सिंहदरबार पुगेका नेपाल शिक्षक महासंघका प्रतिनिधिहरु मन्त्रालय नै प्रवेश नगरी फर्किएका हुन् । 

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवशः आफूहरु फर्किएको जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ । तर  विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’

उनले शिक्षा मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको पनि बताएका छन् ।
 

टिप्पणीहरू