‘सरकारले आयुको भन्दा उपलब्धिको चर्चा गरोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारलाई आफ्नो आयुको भन्दा उपलब्धिको चर्चा गर्न चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा उनले १० महिने उपलब्धि सुनाउयो भने सरकारको आयुबारे थाहा हुने टिप्पणी गरेका हुन् । विश्वमा आर्थिक संकट र सम्भावित युद्धबारे चर्चा भइरहँदा नेपालका उद्योगमन्त्रीले चुरोट र रक्सिको लाइसेन्स कतिमा बेच्ने ? भन्ने चर्चा गरिरहेको झाको भनाई छ ।

‘सरकारले उपलब्धिको चर्चा धेरै गरोस् आफ्नो आयुको भन्दा भन्ने चुनौती पनि दिन चाहन्छु । यति महिनामा हाम्रो सरकारले यो-यो गर्यो भनेर परिणाम सुनाउनुभयो भने अझै राम्रो सुनिन्थ्यो होला । सरकार ढल्छ कि ढल्दैन भनेर', उनले भने । 

सरकार गठन हुँदाको सात बुँदे सम्झौता सत्तारुढ दलहरुले नै बिर्सिसकेको उनको जिकिर छ । सहकारीका समस्या समाधान गर्ने नाउमा सरकार नयाँ दलका नेतालाई थुन्ने काममा लागेको झाको आरोप छ ।
 

टिप्पणीहरू