शिक्षक महासंघले बोलायो आकस्मिक बैठक, आन्दोलन चर्काउने तयारी

शिक्षक महासंघले बोलायो आकस्मिक बैठक, आन्दोलन चर्काउने तयारी

प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महांसघले आकस्मिक बैठक बोलाएको छ । 

नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा अपराह्न तीन बजे बस्नेगरी बैठक डाकिएको हो । विद्यालय शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि आन्दोलन गर्दै आइरहेका शिक्षकहरुले आज बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको छ । सोक्रममा एक दर्जन शिक्षक घाइते भएका छन् । 

आन्दोलनमा घुसपैठ भएको दाबीसहित महासंघले पदाधिकारी, प्रदेश समिति, जिल्ला समिति र काठमाडौँमा उपलब्ध आन्दोलन परिचालन समितिका सदस्यहरुसँग छलफल गर्न बैठक बोलाएको एकजना शिक्षक नेताले जानकारी दिए । 

झडपपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले थप आन्दोलन सामना गर्न सरकारलाई चुनौती दिएका छन् । आक्रोशित शिक्षकहरुलाई शान्त रहन आह्वान गर्दै भनेका छन्, ‘भोलिको आन्दोलनमा तीन गुणा बढी  शिक्षक कर्मचारीहरु आउनहुनेछ, साथीहरु गाउँ गाउँमा हिँडिसक्नुभएको छ ।’

टिप्पणीहरू