पठाओमा जाँदा सहसचिव पत्नीको प्राणान्त

पठाओमा जाँदा सहसचिव पत्नीको प्राणान्त

ललितपुरमा हिजो बिहान भएको सवारी दुर्घटनामा पठाओ मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ । ट्रकले ठक्कर दिँदा उपचार क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

हिजो ललितपुर महानगरपालिका–२ सानेपा सडकमा ना.६ ख ४६२४ नम्बरको ट्रकले गण्डकी प्रदेश ०३–००१ प ०४२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियोे । दुर्घटनामा ट्रकले टाउको किचेर घाइते भएकी  रूपन्देहीको सैनामैना सालझण्डीकी ४० वर्षीया नम्रता ज्ञवाली मरासिनीको उपचार क्रममा पाटन अस्पतालमा निधन भएको बुझिएको छ । पठाओ चालक भने सकुशल छन् ।

प्रहरीका अनुसार काठमाडौंको कीर्तिपुर बस्ने नम्रता पठाओमा ललितपुरबाट त्यता जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । उनी सडक डिभिजन कार्यालय बुटवलका पूर्व प्रमुख तथा सडक विभागका डिभिजन इञ्जिनियर मेघराज मरासिनीकी श्रीमती हुन्  । 

मोटरसाइकल चालक र ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे आवश्यक अनुसन्धान  भइरहेको छ । दुबै सवारी साधन पनि प्रहरी नियन्त्रणमा छ ।

टिप्पणीहरू