रविन्द्र मिश्र धरौटीमा छुट्ने हल्ला, पत्रकार हत्यामा परिवार मौन
गत चैत १५ गते तीनकुनेमा आयोजित हिंसात्मक प्रदर्शनमा शंकास्पद भूमिका निभाएको आरोपसहित सोही रातदेखि प्रहरी हिरासतमा रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतलाई आज पनि अदालतमा उभ्याईंदै छ । उनीहरुलाई अनुसन्धानको निम्ति म्याद थप गर्न अदालत लैजाने बुझिएको छ ।
राप्रपा नेताहरुले आज मिश्रलगायत २१ जना हाजिर जमानी वा धरौटीमा छुट्ने भनी हिजैदेखि सूचना सम्प्रेषण गरेका छन् । सोही सन्दर्भमा प्रहरीको उच्च स्रोत भन्छ, ‘म्याद थप वा छुट्ने,थुन्ने अधिकार अदालतको हो । हल्लाको भरमा केही हुन्न । अदालतले गर्ने कुरो बाहिर भन्दैमा हुने होइन ।’
सोही घटनामा मारिएका पत्रकार सुरेश रजकको परिवारले भने तीनकुनेको घरमा आगो झोस्ने व्यक्तिविरुद्ध अहिलेसम्म जाहेरी दिएको छैन । प्रहरीले आगो झोस्नमा सँलग्नहरुको पहिचानसहित त्यससम्बन्धी भिडियोसमेत सुरक्षित तवरले संकलन गरिसकेको छ । तर,पीडित परिवारले भने अहिलेसम्म किटानी जाहेरी दिन नआउँदा महान्यायाधिवक्ता कार्यालय अचम्भित बनेको छ ।

सुरेश एभिन्युज टेलिभिजनमा कार्यरत थिए । त्यो दिनको भिडियो खिच्ने क्रममा उनी आगो लाग्नुअघि उक्त भवनमा छिरेका थिए । दुर्गा प्रसाईंको कमाण्डमा आयोजित राजावादीहरुको उक्त प्रदर्शनलाई समर्थन गर्दै एभिन्युजका मालिक भाष्करराज राजकर्णिकारले संयुक्त वक्तव्य नै जारी गरेका थिए । त्यसरी वक्तव्य जारी गर्नेमा उनीलगायत दुई दर्जन बढी थिए । आन्दोलन हिंसात्मक भएपछि त्यसरी वक्तव्य जारी गर्नेहरु अप्ठेरोमा परेको घटनाक्रमले नै पुष्टि गरेको छ । मृतक सुरेशका परिवारले जाहेरी नदिनुलाई पनि सोही सन्दर्भसँग जोडेर हेरिएको बताइन्छ ।
टिप्पणीहरू