गाँजा ओसारपसारमा भारतीय एम्बुलेन्सको प्रयोग

गाँजा ओसारपसारमा भारतीय एम्बुलेन्सको प्रयोग

तराईका जिल्लामा बिरामी बोक्ने एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग हुने गरेको छ । नेपालबाट भारततर्फ गाँजा लैजान भारतीय एम्बुलेन्सको प्रयोग भएको पछिल्लो प्रमाण सुनसरीमा भेटिएको छ ।

रामधुनी नगरपालिका–६ को पिडारी क्षेत्रबाट भारत जाँदै गरेको एम्बुलेन्समा १८० किलो गाँजा फेला परेको हो । प्रहरीका अनुसार बिआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्समा उक्त परिमाणको गाँजा भेटिएको हो ।

भारतीय एम्बुलेन्स र नेपाली चालक राजकुमार साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू