बैंकिङ्ग कसूरसम्बन्धी विधेयक प्रमाणिकरण

बैंकिङ्ग कसूरसम्बन्धी विधेयक प्रमाणिकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ‘बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गर्नुभएको छ । दुवै सदनबाट पारित भएर प्रमाणिकरणका लागि पेश भएको विधेयकमा उहाँले आज लालमोहर लगाउनुभएको छ । 

नेपालको संविधान, २०७२ को धारा ११३ को उपधारा (२) बमोजिम उहाँले विधेयक प्रमाणिकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणिकरणको लागि पेश हुन आएको देहायबमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणिकरण गर्नुभएको छ’,विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू