८८ वर्षीय वृद्धमाथि भतिजद्वारा खुकुरी प्रहार

धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानीका बृद्धमाथि घरमै खुकुरी प्रहार भएको छ ।
निगालपानीस्थित चिप्लिेटीका ८८ वर्षीय बृद्ध जगनाथ लम्सालमाथि आफ्नै दाइको छोरा (भतिजा) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेका हुन् ।
खुकुरी प्रहारबाट घाइते बृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको छ । घाइते बृद्धको अनुहार र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सुवास हमालले जानकारी दिए ।
खुकुरी प्रहार गर्ने व्यक्ति घाइते बृद्धको आफ्नै दाइको छोरा हुन् । यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए । खुकुरी प्रहार गर्ने बाबुकाजीको श्रीमतीको बृद्धले नै काजक्रिया गर्दै आएका थिए ।
बृद्धमाथि खुकुरी प्रहार गर्ने व्यक्ति घाइते बृद्धको आफ्नै दाइको छोरा हुन् । यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए । खुकुरी प्रहार गर्ने बाबुकाजीको श्रीमतीको बृद्धले नै काजक्रिया गर्दै आएका थिए ।
हत्या गरेको श्रीमतीको काजक्रिया गरेको भन्दै रिसाएका बाबुकाजीले हिंडडुलसमेत गर्नसमेत नसक्ने वृद्धमाथि बसिरहेकै ठाउँमा गएर एक्कासी अनुहारमा धारिलो हतियार प्रयोग गरेको स्थानीयले बताएका छन् ।
टिप्पणीहरू