गभर्नरको गाँठो फुकाउन बालुवाटारमा भेट
फाइल फोटो
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले भैरहेको भेटवार्ता नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा केन्द्रित रहेको बताइएको छ । दुई जनाबीच हिजो साँझ भेट हुने भनिएपनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई कारण देखाएर अन्तिम समयमा स्थगित गरिएको थियो ।
सत्ता साझेदार दुई दलबीचको हानथापले गभर्नर नियुक्तिमा बिलम्ब हुँदै आएको छ । जसका कारण सत्ता समीकरण नै अप्ठेरोमा पर्न लागेको चर्चासमेत भैरहेको छ ।
गठबन्धनमा काँग्रेसलाई गभर्नर दिने सहमति भएअनुसार देउवाले डा. विश्व पौडेलको नाम अघि सरेका छन् । तर, प्रम ओलीले सहमतिअनुसार नियुक्ति प्रक्रिया अघि नबढाएपछि असन्तुष्ट रहेका देउवा हिजो भेट्न नगएको चर्चा थियो ।
टिप्पणीहरू