प्रधानमन्त्री र मन्त्रीहरुकै छेउ,कत्ति पनि पाएनन् भेउ
सरकारका मुख्य सचिव र सचिवहरुको टोलीले आज दिउँसो सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेको छ । दिउँसो खाजा खाने टाइममा मुख्यसचिव एकनारायण अर्याल,संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेय, कृष्णहरि पुष्करलगायत झण्डै एक दर्जन सचिव सम्मिलित टोलीले उहाँहरुसँग सिंहदरबारस्थित संसद सचिवालयमा रहेको कार्यकक्ष पुगेर छुट्टाछुट्टै भेटमा आफ्ना कुरा राखेको हो ।
संसदको राज्यव्यवस्था समितिले जेठ २ गते पारित गरेको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियड राखिएको छ । आगामी मंगलबार प्रतिनिधि सभामा पेश गर्न लागिएको विधेयकमा उल्लिखित पिरियडप्रति सचिवहरुको चर्को विरोध छ ।
अन्य सेवाका कर्मचारीलाई कुलिङ पिरियड नराखिएको,अवकाश उमेर ६० वर्ष तोकिएको र संवैधानिक अंगका प्रमुख तथा सदस्यको उमेर हद ६५ वर्ष राखिएकाले उनीहरुको आपत्ति देखिन्छ । यसअघि सचिवहरुले प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विधेयकमा राखिएको उक्त प्रावधानप्रति असहमति जनाइसकेका छन् ।
टिप्पणीहरू