मादीको पुलबाट खसेको जिपमा बितेकाहरुको सनाखत
तनहुँको व्यास नगरपालिका–३ र ४ नम्बर वडा जोड्ने मादी नदी पुलबाट राति जिप खस्दा बितेका तीन जनाको सनाखत भएको छ । पृथ्वी राजमार्गको उक्त पुलबाट खसेकाहरुमा व्यास–५ पाटनका ३५ वर्षीय प्रवीन थापा मगर, २२ वर्षीय कुमार थापा र २२ वर्षीय कुशल थापाको पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ का २५ वर्षीय रोहित गुप्ता र हाल दमौलीमा बस्दै आएका वीरगञ्जका २० वर्षीय धीरज रौनियार घाइते भएका छन् ।
घाइतेमध्ये धीरजको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
टिप्पणीहरू