नक्सामा देखिएको नेपाली भूभागमा भारतीय व्यापार

नक्सामा देखिएको नेपाली भूभागमा भारतीय व्यापार

भारतले नेपालले दावी गरेको लिपुलेक लगायतको क्षेत्रबाट भारतीय तीर्थालुहरुलाई चीनको तिब्बतस्थित कैलाश यात्रामा लैजाने भएको छ । भारतीय विदेश मन्त्रालयले बनाएको नयाँ पोर्टलमा नेपाली भूभाग हुँदै चीनको तिब्बतसम्म लैजाने र ल्याउने मार्गसमेत उल्लेख छ ।  

कैलाश मानसरोवर यात्रा २०२५ का इच्छुक तीर्थालुहरुमध्ये ७५० जनाको नाम कम्प्युटरबाट छानिएको विदेश मन्त्रालयले जनाएको छ । जुनदेखि अगष्टसम्म १५ टोलीमा ५० जनाको दरले लैजान खोजिएको यात्रामा पाँच हजार ५६१ जना इच्छुक रहेको उल्लेख छ । यात्राको लागि प्रत्येकलाई भारत सरकारले एक लाख ७४ हजार भारतीय रुपैयाँ तोकेको छ । कैलाश मानसरोबर यात्राको अवधि २२ दिन हुने छ ।

भारतको पछिल्लो नक्सा र रुटबारे नेपाल सरकारले मौनता साँधेको छ । त्रिदेशीय विन्दु भएकाले यसमा चीन पनि मौन बसेको छ ।

रुट तथा बन्दोबस्तीको सामानबारे उल्लेख गर्दै पोर्टलमा लेखिएको छ, ‘पाँच टोलीलाई उत्तराखण्ड राज्यको लिपुलेक हुँदै लगिने छ । १० टोलीलाई सिक्किमको नाथुला रुट हुँदै लगिने छ । दुबै मार्गमा मोटरमा यात्रा गराइनेछ भने थोरै स्थानमा हिँड्नुपर्ने हुन्छ । हरेक टोलीमा दुई जना सम्पर्क अधिकृतले सहयोग गर्नेछन् ।’ वृद्धहरुलाई लिपुलेकको सट्टा सिक्किमको नाथुला घाटी भएर कैलाश मानसरोबर जान सुझाइएको छ ।

 

भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको यात्रा रुटमा गुन्जी,कालापानी, लिपुलेक,ताक्लाकोट उल्लेख छ । जुन क्षेत्र नेपालले पाँच वर्षअघि सार्वजनिक गरेको नयाँ नक्सामा समावेश छ । भारतको पछिल्लो नक्सा र रुटबारे नेपाल सरकारले मौनता साँधेको छ । त्रिदेशीय विन्दु भएकाले यसमा चीन पनि मौन बसेको छ ।

टिप्पणीहरू