सडक दुर्घटनामा टेलिकमका कार्यालय प्रमुखसहित तीन जनाको निधन
बाजुरामा भएको सडक दुर्घटनामा नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख लोकबहादुर खड्काको निधन भएको छ । उक्त घटनामा चालक करन महतरा र रविन्द्र धामीको मृत्यु भएको बताइएको छ ।
जगन्नाथ गाउँपालिकामा भएको दुर्घटनामा उनीहरुको घटनास्थलमै निधन भएको हो । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका ५५ वर्षे खड्का टेलिकम बाजुराका प्रमुख हुन् ।
टेलिकमको टावरमा सोलार प्यानल राख्न गएको टोली दुर्घटनामा परेको हो । अन्य दुई जना घाइतेको स्थानीय कोल्टी अस्पतालमा उपचार गरिएको छ ।
टिप्पणीहरू