प्रधानमन्त्रीविरुद्ध उजुरी बोकेर गएका राजावादी आफैं फन्दामा

प्रधानमन्त्रीविरुद्ध उजुरी बोकेर गएका राजावादी आफैं फन्दामा

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उजुरी हालेका एकजना राजावादी युवक आफैं थुनिएका छन् । प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति भन्दै हिजो प्रहरीमा उजुरी हालेर फर्किने क्रममा समातिएका राष्ट्रिय प्रज्ञातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रविकिरण हमाल आज छुटेका हुन् । 

प्रधानमन्त्री ओलीले राजावादीहरुलाई लक्षित गर्दै अस्ति दिनुभएको अभिव्यक्तिलाई लिएर उनी उजुरी बोक्दै प्रहरी प्रधान कार्यालय पुगेका थिए । उनले ‘प्रधानमन्त्रीलाई तत्काल पक्राउ गरी पाऊँ’ भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई सम्बोधन गर्दै निवेदन दिएका थिए । 

निवेदन दिएर फर्किने क्रममा साँझ ६ बजे लाजिम्पाटबाट प्रहरीको एक टोलीले हमाललाई पक्राउ गरेको थियो । सोधपुछपछि आफूलाई आज दिउँसो छाडिएको उनले जानकारी दिए । पक्राउपछि उनलाई रातभर उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको थियो ।

टिप्पणीहरू