हिलजुत्ता र छोटा लुगा बर्जित : एमाले
गणतन्त्र दिवसको अवसर पारेर नेकपा एमालेले भोलि राजधानीमा आयोजना गर्न लागेको प्रदर्शनमा झण्डै एक हजार स्वयंसेवक खटाउने जानकारी दिएको छ । आफ्ना हरेक जनवर्गीय संगठनबाट एमालेले एक–डेढ सय जना स्वयंसेवकको रुपमा खटाउन लागेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल र योगेश भट्टराईले प्रदर्शनको आचारसंहिताबारे जानकारी गराएका हुन् । उनीहरुले प्रदर्शन अवधिभर ‘यताउता’ नलाग्न स्वयंसेवकहरुलाई कडा निर्देशन दिएका छन् ।
त्यसैगरी, महिलाहरुलाई हिल जुत्ता र छोटो लुगा लगाएर प्रदर्शनमा नआउन निर्देशन दिएको बताइन्छ । भोलिको कार्यक्रममा महिलाहरुलाई हिल जुत्ता र छोटो लुगा नलगाउन भनिएको छ । भोलिका लागि पार्टीले नै विशेष टिसर्ट दिने र तर झोलाचाँहि लिएर आउनू भनिएको छ । प्रदर्शनमा सहभागी हुँदा मोबाइल फोन चलाउन पनि रोक लगाइएको छ ।
‘राजसंस्था पुर्नस्थापनाको लागि संयुक्त जनआन्दोलन समिति’ ले पनि भोलि नै आन्दोलन गर्दैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी समर्थक तथा कार्यकर्तालाई आजै काठमाडौंको एक ब्याङ्क्वेटमा भोलिको प्रदर्शनका लागि प्रशिक्षण दिएका छन् ।



टिप्पणीहरू