राजाले कसरी बटुले यति धेरै सम्पत्ति ?

राजाले कसरी बटुले यति धेरै सम्पत्ति ?

नेपालमा गणतन्त्रविरुद्ध राजावादीहरुले आजदेखि निर्णायक आन्दोलन थालेका छन् । चैत १५ गतेको तीनकुने घटना हिंसात्मक बनेपछि उनीहरुले गणतन्त्र दिवसकै दिन व्यवस्थाविरोधी आन्दोलनको थालनी गरेका हुन् 

यसबीच थाइल्याण्डमा राजाको सम्पत्तिबारे चर्चा हुन थालेको छ । त्यहाँका राजा महा वजिरालोङकोर्नको स्वामित्वमा ३८ वटा जेट विमान र हेलिकोप्टर, ३०० महँगा कार र ५२ वटा सुन जडित डुंगा रहेको बताइन्छ । रामा दशौंको नामले चिनिने राजासँग यतिखेर ४३ अर्ब अमेरिकी डलर सम्पत्ति रहेकाले उनलाई विश्वकै धनी राजाको उपमा दिइएको छ ।

विभिन्न व्यापारिक प्रतिष्ठान र समूहसँग साझेदारी रहेका उनलाई ‘कर्पोरेट टाइकुन’ भन्ने गरिन्छ । यता पूर्व राजा ज्ञानेन्द्र शाहको पनि होटल सोल्टी,सिप्रदी ट्रेडिङलगायत व्यावसायिक प्रतिष्ठानमा लगानी रहेको छ । यताका पूर्व राजा र उताका बहालरत राजाबीच सम्पन्नतामा एउटा समानता रहेको विश्लेषण गर्दै भनिएको छ, ‘दुबैले राज परिवारको पुस्तैनी सम्पत्ति प्राप्त गरेका हुन् ।

थाइल्याण्डका राजा बजिरालोङकोर्न पिता भूमिबोल अदुल्यादेजको निधनपछि सन् २०१६ मा राजा बनेका हुन् । विभिन्न सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार उनको बैंककमा मात्रै १७ हजार भवन छन् । उनी थाइल्याण्डमा सबैभन्दा ठूला रियलस्टेट मालिक हुन् । 

नी अध्ययन र पेशाले पाइलट पनि हुन् । सन् १९७० मा रोयल थाई आर्मीमा पाइलट थिए । व्यक्तिगत जीवनमा उनी सर्वाधिक विवादित बनेका छन् । बौद्ध धर्मका अनुयायी उनले चार पटक विवाह गरे । अघिल्ला तीन पत्नीसँग सम्बन्ध विच्छेद भइसकेको छ । राजा बन्नुअघि उनी प्रायः जर्मनीमा बस्न रमाउँ

टिप्पणीहरू