बजेटअघि बढुवा, लगत्तै कार्य विभागमा पदस्थापन

बजेटअघि बढुवा, लगत्तै कार्य विभागमा पदस्थापन

नेपाल प्रहरीका नायव महानिरीक्षक सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन् । उनलाई आज दिउँसो बसेको मन्त्रिपरिषद बैठकले बढुवा गरेको हो । बढुवा लगत्तै विशेष व्युरोमा कार्यरत शाहलाई कार्य विभागमा पदस्थापन गरिएको छ ।

अतिरिक्त महानिरीक्षक लालमणि आचार्य गत शनिबारदेखि अवकाश भएपछि उक्त विभागमा एआईजी रिक्त थियो । 

आज दिउँसो साढे २ बजेबाट मुश्किलले १० मीनेट बसेको क्याबिनेट बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गर्दै एआईजी बढुवाको निर्णय गरेको थियो । त्यसपछि ३ बजे बसेको संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेट पढेर सुनाउनुभएको हो ।

टिप्पणीहरू