एमाले-राजावादी भिडन्त रोक्न प्रहरीलाई एक हजार सेल टियर ग्यास पैंचो
आज राजधानीमा गणतन्त्रवादी र राजतन्त्रवादीहरुको सम्भावित भिडन्त आकलन गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हजारौं सुरक्षाकर्मी परिचालन गरेको बुझिएको छ । नेपाल प्रहरीले राजधानीका सडकमा छ हजार २२७ जना सुरक्षाकर्मी खटाएको थियोे र चैत १५ गतेको हिंसात्मक प्रदर्शनबाट पाठ सिक्दै सशस्त्र प्रहरी बल नेपालबाट एक हजार थान अश्रु ग्यास पैंचो मागेको गृह श्रोतले बतायो ।
सशस्त्रले भने राजधानीमा आफ्ना ३० प्लाटुन जनशक्ति खटाएको थियो ।
टिप्पणीहरू