युवा संघकाे टोलीलाई बालुवाटारमा मिठाइ

युवा संघकाे टोलीलाई बालुवाटारमा मिठाइ

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको छ । 

पोखरा महाधिवेशनबाट दोस्रो पटक अध्यक्ष चुनिएका क्षितिज थेवेसहित निर्वाचित पदाधिकारीलाई आज बिहान बालुवाटारमा बोलाएर उहाँले बधाई भन्नुभएको हो । त्यसक्रममा प्रधानमन्त्री ओलीले संघका नेताहरुलाई मिठाइसमेत खुवाउनुभएको थियो । प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका संघका पूर्व अध्यक्ष महेश बस्नेतले पनि मिठाई खाए ।  

एमालेको सबैभन्दा प्रभावशाली जनसंगठनका रुपमा रहेको युवा संघको दशौँ महाधिवेशनमा नेतृत्वका लागि दुई समूहबीच प्यानलवद्ध प्रतिस्पर्धा भएको थियो । निवर्तमान महासचिव सुमन पुरीलाई पराजित गरेर अध्यक्षमा दोहोरिएका थेबेले ओलीसहित पार्टी नेतृत्वको समर्थन पाएका थिए ।

टिप्पणीहरू