मोहनविक्रमको निवासमा वाम एकताको चर्चा

मोहनविक्रमको निवासमा वाम एकताको चर्चा

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भेटघाट भएको छ । खनाल सिंहलाई भेट्न वनस्थलीस्थित उहाँको निवास पुग्नुभएको हो । 

दुई जनाबीच साढे चार वर्षपछि भेट भएको खनाल निकट एक नेताले जानकारी दिए । उनका अनुसार भेटमा वर्तमान सरकारको काम कारवाही, राजावादीको आन्दोलनसहित समसामायिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको थियो । 

भेटबारे जानकारी दिँदै उले भने, ‘उहाँहरुबीच वाम एकताबारे पनि छलफल भयो, तर कम्युनिष्ट नेताहरुले आफ्नो आफ्नो बानी र शैली सुधार नगर्दासम्म वाम एकताको औचित्य नहुने उहाँ (सिंह)को धारणा छ ।’  

नेता खनालले ८८ वर्षीय सिंहको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

टिप्पणीहरू