ओली र देउवासङ्गको छलफलबारे माओवादी नेताहरूलाई जानकारी

ओली र देउवासङ्गको छलफलबारे माओवादी नेताहरूलाई जानकारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटार पुगेका पदाधिकारीहरुलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी गराउनुभएको छ ।

उपाध्यक्षहरु कृष्णबहादुर महरा,पम्फा भुसाल,अग्निप्रसाद सापकोटा, महासचिव देव गुरूङलगायत झण्डै एक दर्जन नेता सहभागी बैठकमा बिहान ११ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठक अवरोधबारे समग्र छलफल गर्न लागिएको बताइन्छ । माओवादीले भिजिट भिसा काण्डमा आरोपित गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद बैठक सुचारु नहुने निर्णय गरिसकेको छ ।

उता रवि लामिछाने नेतृत्वको रास्वपाले पनि संसद बैठक सुचारु गराउन गृहमन्त्रीको राजीनामालाई अन्तिम विकल्पको रुपमा अघि सारेको छ ।
 

टिप्पणीहरू