मालवाहक ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको निधन
रौतहटको चन्द्रपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । चन्द्रपुर नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा मालवाहक ट्रक र विद्युतीय गाडी एकआपसमा ठोक्किँदा सर्लाहीको खैरवाका भगियादेवी र धीरेन्द्र ठाकुरको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार रानीकुमारी यादव र सरोज ठाकुर घाइते भएका छन् । सर्लाहीको बरहथवाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशातर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००१ख ८६०० नम्बरको ट्रक एक आपसमा ठोक्किएको हो ।
चालकहरु ग्यालसेन थोकर र आकाश सिंहलाई नियन्त्रणमा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।
टिप्पणीहरू