सीपी मैनालीले छुट्टै मोर्चा बनाउने
नेकपा मालेका महासचिव सीपी मैनालीले देशभक्तहरुको मोर्चा बनाउनेतर्फ पार्टीले ध्यान केन्द्रित गर्ने बताएका छन् ।
आजदेखि शुरु भएको पार्टीको आठौं केन्द्रीय कमिटीको एघारौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन् । राष्ट्रिय राजनीतिको जटिल अवस्था रहेको वर्तमान अवस्थामा बाह्य चलखेल बढेको कुरा ओैंल्याउँदै उनले देशभक्तहरु एकजुट हुनुपर्ने कुरामा जोड दिए ।
केन्द्रीय कमिटी बैठकबाट मुलुक र जनताको पक्षमा महत्वपूर्ण निर्णय गर्ने मैनालीले बताएका छन् । जनजीविका र सामाजिक न्यायको पक्षमा अनि जनवादी क्रान्तिको वर्तमान पाँचौं उपचरणमा गरिने सम्पूर्ण क्रान्तिमा केन्द्रित हुनेगरी पार्टीले गतिविधि अघि बढाउने कार्ययोजना तय गर्न बैठक सफल हुने विश्वास उनले व्यक्त गरे ।
टिप्पणीहरू