एसबिआई बैंक बन्यो एनपीएस–नेशनल कार्ड स्विच एण्ड नेपलपे कार्डको प्रमुख सदस्य

एसबिआई बैंक बन्यो एनपीएस–नेशनल कार्ड स्विच एण्ड नेपलपे कार्डको प्रमुख सदस्य

नेपाल एसबिआई बैंक नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को एनपीएस–नेशनल कार्ड स्विच एण्ड नेपलपे कार्ड योजनाको प्रमुख सदस्य बनेको छ । एनसीएचएलको एनपीएस–नेशनल कार्ड स्विच एण्ड नेपलपे कार्डमा एसबिआई बैंक प्रमुख सदस्य रहनेगरी दुवै पक्षबीच सम्झौता भएको छ । 

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विकास आनन्द र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब एसबिआई बैंकले घरेलु कार्ड योजना, नेपलपे कार्ड जारी गर्न र प्राप्त गर्ने स्विचलाई एकीकृत गर्न सकिन्छ । 

विगत ३१ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एसबिआई बैंकको देशभर  एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ्ग, एक सय २५ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

टिप्पणीहरू