सूर्य थापाको कटाक्ष- ‘रास्वपा बोइलर बन्यो, प्रचण्ड धुलिसात’

सूर्य थापाको कटाक्ष- ‘रास्वपा बोइलर बन्यो, प्रचण्ड धुलिसात’

सत्तारुढ दल नेकपा (एमाले)का सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई ‘बोइलर’को संज्ञा दिएका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविनकाे मागसहित संसद अवरुद्ध गर्दै आएका रास्वपा सांसदहरु भुइँमा बसेको सन्दर्भ औंल्याउँदै उनले यस्तो टिप्पणी गरेका हुन् । 

‘एक दिनभरी उभिएर नारा लगाउन पनि नसकी थचक्क बस्नुपर्ने र भुइँमा निदाउनु पर्ने बोइलरहरूले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर !’, उनले भनेका छन्, ‘त्यसै रत्नपार्क, कलंकी र पोखराको चिप्लेढुंगामा नाराजुलुस गरेजस्तो नगरी कुर्सीमा बस्नुस् भनिएको होइन नि !’

सांसद थापाले दुई बुँदे सहमतिपछि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पखेटा काटिएको पनि बताए । ‘हुलाकी र मध्यपहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुख पनि धुलिसात नै भयो, आफैलाई हेर्दै मुस्कुराउँदै  दंग पर्दै गरेको ऐना पनि झर्यामझुरूम भयो’, उनले अघि थपेका छन्, ‘०८४ मा २७५ को बहुमत १३८ होइन, ३२ को बहुमत १७ सम्म ? १७ को बहुमत ९ त आउला भनेर कामना गरौँ ।’
 

टिप्पणीहरू