रास्वपाको नीलो स्कार्फमा सभामुखको यस्तो जवाफ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नीलो स्कार्फ लगाएर प्रतिनिधिसभा बैठकमा सहभागी भएको सम्बन्धमा उठेका प्रश्नमा सभामुख देवराज घिमिरेले स्वनियमन सम्झाउनुभएको छ ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नीलो स्कार्फसहित विरोधमा उत्रिएका रास्वपा सांसदलाई संसद् बैठकबाट निष्काशन गर्न सत्तारुढ नेपाली कांग्रेसले माग गरेको थियो । त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै सभामुखले यस्तो जवाफ दिनुभएको हो ।
कांग्रेस सांसदले सदनमा अमर्यादित गतिविधि बढिरहेको भन्दै नियन्त्रणका लागि आग्रह गरेका थिए । सभामुख घिमिरेको जवाफ रह्यो, ‘यसबारेमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । संसदीय मर्यादाभित्र बस्नु स्वयम् सांसद र राजनीतिक दलहरूको कर्तव्य हो । म यसबारे स्वनियमनको पक्षमा रहेको छु ।’
त्यसअघि कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले ‘यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ?’ भन्दै संसद नियमावलीको बुँदा नम्बर ३० र ३१ स्मरण गराएका थिए ।
रास्वपाको नीलो दोसल्लाप्रति कांग्रेसको आपत्ती, सदनबाट निष्कासन गर्न माग
टिप्पणीहरू