सिंहदरबारमा हुन नसकेको भेट बालुवाटारमा
भ्रष्टाचारविरोधी अभियान चलाउँदै सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आएका नवराज बोहराले अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट पाएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज भेटवार्ता भएको हो ।
कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा शुरु गरेका बोहरा ३१ औँ दिनमा असार ३ गते काठमाडौँ आइपुगेका थिए । सोही दिन उनी प्रधानमन्त्री ओलीलाई भेट्न सिंहदरबार पुगेपनि उनलाई भेट्न दिईएको थिएन ।
आज भएको भेटमा बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिकाहरुको समस्या र समाधानका लागि गरिएका पहलबारे अवगत गराए । ओलीले पनि पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीरलाई धेरै दुःख नदिई आफ्नो स्वास्थ्य र परिवारको ख्याल गरेर अघि बढ्न आग्रह गरेको जनाइएको छ ।
बोहराले आफ्ना कुराहरु सुनाउन पाएकोमा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरुपमा अघि बढ्ने बताए ।
याे पनिः
लुम्बिनी प्रदेश सांसद रायमाझी प्रहरीको खोजीमा
रविको पक्षमा बोलेको भन्दै प्रस्तावित न्यायाधीश पोखरेलविरुद्ध उजुरी

टिप्पणीहरू