जेलबाट छुटेलगत्तै मन्टुको आतंक, पीडितको हारगुहार
विराटनगरका कुख्यात मिटरव्याजी मन्टु भनिने सञ्जयप्रसाद रौनियारले जेलबाट छुटेपछि पनि पैसा माग्दै आतंक मच्याएको भन्दै प्रशासनमा उजुरी परेको छ ।
मिटरव्याजको नाममा सर्वसाधारणलाई ठगी गरी करोडौं असुली गरेको आरोपमा १६ महिना जेल बसेर छुटेका साहुकार मन्टुले फेरि त्रसित बनाउन थालेको गुनासो पीडितहरुको छ । अनुचित लेनदेन (मिटरव्याज) बाट पीडित भएको भन्दै १२ जनाले जिल्ला प्रशासन मोरङमा सामूहिक उजुरी दिएका हुन् ।
मन्टुले जेलबाट छुटेपछि फेरि पुरानै शैलीमा सर्वसाधरणलाई धम्की दिने, पैसा माग्ने र कानुनी कारबाहीको डर देखाएर त्रास फैलाउने गरेको पीडितले दु:खेसो पोखेका छन् । स्थानीय प्रशासनसँग शान्ति सुरक्षा र कारवाही माग गर्दै उजुरी दिएको पीडितमध्येका एक मोरङको सुनवर्षी नगरपालिका-४ का अमित कुमार यादवले बताए ।
‘जेलबाट छुटेपछि पनि मन्टुको आंतक पहिलेको जस्तै छ । अहिले आएर जग्गा बिक्री गरेको पैसाँ माग्दै हुलाकमार्फत पत्र पठाउने गरेको छ । भनेजति पैसा नदिए प्रहरी प्रशासन लगाएर कारवाही गर्छु भन्दै धम्की दिएर आतंक बनाएपछि हामी बाध्य भएर पीडित भएका १२ जना न्यायको लागि प्रशानमा उजुरी दिएका हौं,’ उनले भने ।
सामुहिक उजुरीपछि जिल्ला प्रशासन कार्यालयले मन्टुलाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्रचार गरिसकेको छ । ‘संजय प्रसाद रौनियारलाई अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी उजुरीमा विपक्षी बनाइ पेश गरेको उजुरी उपर छलफल गर्नुपर्ने भएकोले निज विपक्षीलाई यस कार्यालयमा उपस्थित गराइदिनुहुन आदेशानुसार अनुरोध छ,’ सिडिओ कार्यालय बुधबार जिप्रकालाई लेखेको पत्रमा उल्लेख छ ।
लुम्बिनी प्रदेश सांसद रायमाझी प्रहरीको खोजीमा
सर्वसाधरणले आएर निवेदन दिएपछि दुवै पक्षलाई छलफलमा बोलाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘दुवै पक्ष आएपछि छलफल हुनेछ । घटनाको सत्यतथ्य बुझ्ने छौं । त्यसपछि कानुनी प्रक्रिया अगाडी बढाउन निर्देशन दिनेछु,’ उनले भने ।
९ जेठ २०७९ मा मोरङ जिल्ला अदालतबाट सफाइ पाएपछि मन्टुले चिठी पठाएर पैसा माग्ने गरेको १२ जना पीडितको भनाइ छ । उनीहरुका अनुसार पहिल्यै मन्टुलाई साँवा र ब्याजगरी बढी पैसा तिरेर जग्गा फिर्ता लिएका थिए । तर, उनले फेरि ‘पैसा तिर्नु बाँकी छ’ भनी पत्र पठाएका छन् ।
मन्टुबाट मिटरव्याज पीडित भएका १७ जनाले मोरङ प्रहरीमा ठगी र अपराधिक लाभ मुद्दामा जाहेरी दिएपछि २०७७ मंसिर २९ गते पक्राउ परेका थिए । त्यसपछि १३ माघ २०७७ मा १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बिगो र ७ वर्ष कैद सजाय मागदाबी गर्दै उनीविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको थियो । २० माघ २०७७ मा तत्कालीन जिल्ला न्यायाधीश इश्वर पराजुलीको इजालशले मन्टुलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएका थियो ।
कारागामै रहेका बेला उनले पैसा लिएर आफूले हडपेको १७ जनाको जग्गा फिर्ता गरिदिएका थिए । ९ जेठ २०७९ मा बकपत्र उल्टाएर अदालतबाट सफाइ पाएपछि मन्टु जेलमुक्त भए । जेलबाट सफाइ पाएर छुटेको दुई वर्षपछि फिर्ता गरेको जग्गाको पैसा दिनुपर्ने भन्दै १७ मध्ये ११ जनालाई पत्र पठाएर अन्यथा कानुनअनुसार मुद्दा लगाउने धम्की उनले दिएको दु:खेसो पीडितले गरेका छन् ।
साहुकार मन्टुले चाहिँ प्रशासनले बोलाएकोले सोमवार छलफलमा उपस्थित हुने बताए । उनले भने, ‘मैले आफूले बिक्री गरेको जग्गाको पैसामात्र मागेको हो, कसैलाई धाकधम्की दिएर त्रसित पारेको छैन, सोमवार छलफलमा जान्छु ।’
थुनछेक बहस नसकिएपछि अमलाको मुद्दा हेर्दाहेर्दैमा



टिप्पणीहरू