बालुवाटारपछि खुमलटार पुगे बोहरा
सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका नवराज बोहराले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले आज बिहान खुमलटार पुगेर प्रचण्डसमक्ष आफ्ना कुरा राखेका हुन् ।
भेटमा बोहराले आफू काठमाडौँ आउनुको उद्धेश्य र कर्णालीको आवश्यकताबारे संक्षेपमा जानकारी गराएका थिए । त्यसपछि प्रचण्डले बोहराको उद्धेश्य र अभियान माओवादीको एजेण्डासँग मिल्न गएको भन्दै खुशी व्यक्त गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए । ‘अध्यक्षज्यूले पनि (बोहरा)को अभियान पनि हाम्रै पार्टीको अभियानसँग मिल्यो भन्दै खुशी व्यक्त गर्नुभयो’, ती नेताले भने, ‘उहाँको अभियानलाई साथ दिने अध्यक्षज्यूको प्रतिबद्धता छ ।’
जेठ ४ गतेदेखि यात्रा सुरु गरेर असार ३ गते काठमाडौँ आइपुगेका बोहराले हिजो बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका थिए ।
टिप्पणीहरू