बजेटको पक्षमा उभिन कांग्रेस र एमालेको ह्वीप

सरकारको नेतृत्वकर्ता नेकपा एमाले र सत्ता साझेदार नेपाली कांग्रेसले आ-आफ्नो दलका सांसदहरूलाई ‘ह्वीप’ लगाएका छन् । प्रतिनिधिसभाको भोलीको बैठकमा पेश हुने आर्थिक वर्ष २०८२-०८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न दुई दलले ह्वीप जारी गरेका हुन् ।
कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले आज साँझ सूचना जारी गर्दै बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । उनले बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न भनिएको छ ।
‘असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८२ (आ.व. २०८२-०८३ को बजेट) निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विधेयकको पक्षमा मतदान गर्न यो ह्वीप जारी गरिन्छ,’ सूचनामा भनिएको छ ।
गत जेठ १५ गते संघीय संसद्मा पेश भएको विनियोजन विधेयक भोली संसद बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । त्यसको पूर्वसन्ध्यामा आज नेकपा एमालेले पनि सांसदहरुलाई ह्वीप लगाएको छ ।
प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा अनिवार्य उपस्थित हुन र विधेयकको प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।
टिप्पणीहरू