काँग्रेससँगको सम्बन्ध मजबुत हुँदै गएको एमालेको निष्कर्ष

काँग्रेससँगको सम्बन्ध मजबुत हुँदै गएको एमालेको निष्कर्ष फाइल फाेटाे

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकाल सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकार सफल भएको निचोड सुनाएका हुन् । सरकारको नीतिगत निर्णय र कार्यान्वयनको स्थिति सन्तोषजनक रहेको निष्कर्ष बैठकले निकालेको उनले बताए ।

सत्तारुढ दलहरु काँग्रेस–एमालेबीचको सम्बन्ध समेत थप मजबुत बन्दै गएको निष्कर्ष पार्टीले निकालेको पनि ज्ञवालीले जानकारी दिए । दलीय र नीतिगत निर्णयमा स्पष्टता र स्थायित्व देखिएको पार्टीको धारणा रहेको उनले बताए ।

सडकमा देखिएको विरोधका स्वरहरु कम हुँदै गएको, अर्थतन्त्र सुध्रिएको जिकिर गर्दै एमालेले त्यसलाई पनि सरकारको सफलता भनेको छ । यद्यपि सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको पार्टीको धारणा उपमहासचिव ज्ञवालीले सुनाए ।

विन्दा र उषाको निलम्बन फुकुवा

टिप्पणीहरू