प्रधान सेनापति र प्रधानन्यायाधीशको आज सँगै रात्रिभोज

प्रधान सेनापति र प्रधानन्यायाधीशको आज सँगै रात्रिभोज

प्रधानसेनापति अशोकराज सिग्देलले आज सर्वोच्च न्यायालयका श्रीमानहरुको निम्ति रात्रिभोजको आयोजना गर्न लागेका छन् । सेनापतिको निम्तो मान्न प्रधानन्यायाधीश  प्रकाशमान सिंह राउत ४ बजेदेखि जङ्गीअड्डा पुग्ने कार्यक्रम रहेको बुझिएको छ । 

विशेषगरी सेनाको कोर्ट मार्शलसँग सम्बन्धित टिमलाई सहभागी गराउन आज बृहत खालको रात्रिभोज राखिएको बताइन्छ । सैनिक मुख्यालयमा हुने कोर्ट मार्शलमा समन्वयको लागि उच्च अदालतबाट एक जना न्यायाधीश जाने व्यवस्था छ । पछिल्लो समय पाटनबाट न्यायाधीश लेखनाथ पौडेललाई सैनिक समरी जनरल अदालतको नेतृत्व गर्न  खटाइएको छ । 

विभिन्न परिकारसहित आज साँझ ‘ककटेल पार्टी’ राखिएको हो । निम्तोमा साढे ४ बजे जुट्ने भनिएको छ तर जुट्दा ५ बज्ने प्राड विवाकका एक जना जर्साबको अनुमान छ । 

जनआस्थासँगको कुराकानीमा सैनिक स्रोत भन्छ, ‘न्यायालय र सेनाबीचको कोर्ट मार्शलमा संलग्न हुने टिमबाहेक अन्य श्रीमानहरुलाई पनि बोलाइएको छ । भोजको आवश्यक तयारी सेनाको कानुन विभागले गरेको हो ।’ विभागको नेतृत्व पहिले जर्नेल रत्नप्रकाश थापाले गरेका थिए । प्राड विवाकको टोली यदाकदा उच्च अदालतमासमेत कानुनी सल्लाहको लागि पुग्ने गरेको छ ।

टिप्पणीहरू