धान दिवसमा पत्रकार र वैज्ञानिकलाई सम्मान

धान दिवसमा पत्रकार र वैज्ञानिकलाई सम्मान फाइल फाेटाे

सरकारले मुलुकभर विभिन्न कार्यक्रमका साथ यसवर्ष राष्ट्रिय धान दिवस मनाउने भएको छ ।

‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ तीनै तहमा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको छ ।

कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको परिसरमा रोपाइँ महोत्सव मनाउने २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका अध्यक्षसमेत रहेका कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताए ।

सो अवसरमा वैज्ञानिक र पत्रकारलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरिने उनको भनाइ छ । त्यसैगरी, प्रदेश र स्थानीय तहमा पनि विविध कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । हरेक वर्ष असार १५ गते खेत रोपाइँपछि दहीचिउरा खाएर धान दिवस मनाइन्छ ।

टिप्पणीहरू