सरकारलाई दबाब दिन ठाउँ-ठाउँमा हस्ताक्षर

सरकारलाई दबाब दिन ठाउँ-ठाउँमा हस्ताक्षर

विवेकशील साझा पार्टीले भिजिट भिसा प्रकरणको निष्पक्ष छानविन गर्न माग गर्दै हस्ताक्षर संकलन अभियानलाई तीब्र पारेको छ ।

सरकारले छानविन समितिको नाममा यो प्रकरणलाई ढाकछोप गर्न खोजेको भन्दै खबरदारी गर्न हिजोदेखि शुरु भएको हस्ताक्षर अभियान आज पनि जारी रह्यो । जसअनुसार आज नयाँ वसपार्क, गंगबु र तीनकुनेमा हस्ताक्षर लिइएको छ ।

तीनकुनेमा हस्ताक्षर जुटाउन पार्टी महासचिव रन्जु दर्शना नेतृत्वको टोली खटिएको थियो । कोटेश्वर चोक जाने बाटोको ५० मिटर आगाडि शुभारम्भ गेष्ट हाउसको सामुन्ने यात्रु प्रतीक्षालयमा ब्यानर टाँगेर इच्छुकहरुलाई हस्ताक्षर गराइयो ।

एक सातासम्म चल्ने अभियानको पहिलो दिन हिजो विवेकशीलको टोली माईतीघर मण्डला र रत्नपार्क पुगेको थियो । अध्यागमनका कर्मचारीले दलालसँग सेटिङ गरेर भिजिट भिसामा विदेश जाने नेपालीसँग करोडौं कुम्ल्याएको र त्यसमा गृह मन्त्रालयको उच्च नेतृत्वसमेत जोडिएको यो प्रकरणको सत्यतथ्य छानविन गर्न सरकारलाई दबाब दिने उद्धेश्यले हस्ताक्षर संकलन गरेको विवेकशील पार्टीले जनाएको छ ।

सो पार्टीका महासचिव रन्जु दर्शनाले  भौतिक र डिजिटल दुवै माध्यमबाट हस्ताक्षर संकलन भैरहेको जानकारी दिइन् ।

टिप्पणीहरू