जिम्मेवारी पूरा नगर्ने नेतृत्वमाथि कारबाहीको माग
तरुण दलको महाधिवेशन नभएकोमा मातृ संस्था नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, सानेपामा आमरण अनसन थालिएको छ ।
अध्यक्ष विद्वान गुरुङ महाधिवेशन गर्न असक्षम रहेको जनाउँदै तरुण दलका केन्द्रीय सदस्यहरू रोजन राई र अम्बिका बास्कोटा व्यानर टाँगेर अस्तिदेखि आमरण अनसनमा बसेका हुन् ।
उनीहरुले पार्टीले २०७८ सालमै स्थानीय र आमचुनावको तीन महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिए पनि अध्यक्ष गुरुङ नेतृत्वको तदर्थ समितिले पटक–पटक म्याद थप्दासमेत तीन वर्षसम्म कुनैपनि जिल्लाको अधिवेशन गर्न नसकेको प्रश्न उठाएका छन् ।
पार्टी केन्द्रीय समितिले नै महाधिवेशन गर्न नसकेको भनेर २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरिसकेको अवस्थामा तदर्थ समिति भंग हुनुपर्ने माग केन्द्रीय सदस्यद्वय राई र बास्कोटाको छ ।
‘कुनै पनि जिम्मेवारी पूरा गर्न नसक्ने संस्था वा व्यक्तिलाई पुरस्कार नभई दण्ड दिने परिपाटी बसाल्न हामी पार्टीको ध्यानाकर्षण गर्दछौं,’ केन्द्रीय सदस्यद्वय राई र बास्कोटाको भनाई छ ।
टिप्पणीहरू