सांसद बस्नेतसँग २५ लाख धरौटी माग
पूर्वसञ्चारमन्त्री एवम् नेपाली कांग्रेसका निलम्बित सांसद मोहन बस्नेतविरुद्धको सवा ३ अर्ब बिगो दाबी गरिएको टेरामक्स प्रकरणको मुद्दामा २५ लाख रूपैयाँ धरौटी मागिएको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष मुद्दा दायर गरेको थियो ।
प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, धनराज ज्ञवाली, टिकाप्रसाद उप्रेती, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, सन्दीप अधिकारी, अच्युतानन्द मिश्र, विजयकुमार राय, पुरुषोत्तमप्रसाद खनाल, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद वस्ताकोटी, तेजप्रसाद खरेल, दिलिप कुमार गुरूङ्गसहित १६ जना र २ कम्पनीलाई प्रतिवादी बनाइएको छ ।



टिप्पणीहरू