हुण्डीमार्फत् गरिने नगद कारोबारमा अत्यधिक जोखिम

हुण्डीमार्फत् गरिने नगद कारोबारमा अत्यधिक जोखिम

नेपाल राष्ट्र बैंकले रकम स्थानान्तरण गर्दा इजाजतपत्र प्राप्त बैंक, वित्तिय संस्था र विप्रेषण कम्पनीको मात्र प्रयोग गर्न अनुरोध गरेको छ । हुण्डीमार्फत् विदेशबाट पैसा पठाउने क्रम बढेसँगै राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो ।

राष्ट्र बैंकले क्षणिक लाभको लोभमा हुण्डीजस्ता गैरकानूनी कारोबार नगर्न सुझाएको छ । नेपालबाट विदेश वा विदेशबाट नेपालमा रकम स्थानान्तरण गर्दा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक, वित्तिय संस्था र विप्रेषण कम्पनीको मात्र प्रयोग गर्न जनाइएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ क अनुसार कसैले पनि हुण्डीसम्बन्धी कारोबार गर्न र गराउन नहुने उल्लेख गर्दै राष्ट्र बैंकले भनेको छ, ‘कसैले हुण्डीसम्बन्धी कसुर गरेमा बिगो र सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने र एक वर्षसम्मको कैद हुने कानूनी व्यवस्था रहेको छ ।’

रकम स्थानान्तरणसम्बन्धी कुनै पनि व्यावसायिक कारोबार वास्तविक हिसाब किताब नदेखिने गरी सोसम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिने वा दिने गर्नु नहुने राष्ट्र बैंकको भनाइ छ ।

टिप्पणीहरू