पोर्चुगल र लिभरपुलका स्टार फरवार्डडिएगो जोटाको कार दुर्घटनामा निधन, शोकमा विश्व फुटबल

पोर्चुगल र लिभरपुलका स्टार फरवार्डडिएगो जोटाको कार दुर्घटनामा निधन, शोकमा विश्व फुटबल

एजेन्सी, पोर्चुगल रलिभरपुलका फरवार्ड डिएगो जोटाको स्पेनमा कार दुर्घटनामा परेर निधन भएको छ । दुर्घटनामा उनको भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ ।

दुर्घटना बिहीबार स्थानीय समय अनुसार राति १२:३० बजे स्पेनको जामोरा प्रान्तस्थित सेर्नादिल्ला नगरपालिका नजिकै ए-५२ मोटरवेमा भएको हो । २८ वर्षीय जोटा र उनको भाइ आन्द्रे दुवैको घटनास्थलमै ज्यान गएको पुष्टि स्पेनको सुरक्षा निकाय गार्दिया सिभिलले गरेको छ । २६ वर्षका सिल्भा पोर्चुगलको दोस्रो डिभिजन क्लब पेनाफिएलबाट व्यवसायिकफूटबल खेल्दै आएका थिए ।

लिभरपुल फुटबल क्लबले जोटाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ:

“लिभरपुल फुटबल क्लब डिओगो जोटाको दुखद निधनबाट पूर्ण रूपमा मर्माहित भएको छ । २८ वर्षीय जोटाको स्पेनमा सडकमै भएको दुर्घटनामा निधन भएको छ, जसमा उनका भाइ आन्द्रेपनि निधन भएका छन्। अहिले क्लबले थप कुनै प्रतिक्रिया दिने छैन र जोटा र आन्द्रेको परिवार, साथीभाइतथा कर्मचारीहरूको गोपनीयता कायम राख्न अनुरोध गर्दछ।”

जोटाले केही दिनअघि मात्रै, जुन २२ मा लामो समय प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग विवाह गरेका थिए। उनीहरूका तीन सन्तान रहेका छन् ।डिओगो जोटाले आफ्नो व्यावसायिक करियरमा ३ सय९८ खेल खेलेका थिए। सन् २०२० सेप्टेम्बरमा वुल्भ्सबाट लिभरपुल पुगेका उनले १ सय ८२ खेल खेलेका थिए ।उनलेयस सिजन लिभरपुलबाट प्रिमियर लिगको उपाधि जितेका थिए । यस्तै उनले जुन ८ मा स्पेनविरुद्ध पोर्चुगललाई नेशन्स लिग जिताउन पनि भूमिका खेलेका थिए।

पाकोस डे फेरेराबाट करियर शुरु गरेका उनले एट्लेटिको मड्रिड, पोर्टो हुँदै सन् २०१७ मा वुल्भ्समा लोनमा अनुबन्ध भएका थिए । उनले लिभरपुलबाट प्रिमियर लिग, एफए कप र इएफएल कप जितेका थिए भनेपोर्चुगलका लागि दुईवटा नेसन्स लिग उपाधि जितेका थिए ।

पोर्चुगल फुटबल महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ:

"पोर्चुगल फुटबल महासंघ र सम्पूर्ण पोर्चुगल फुटबल पूर्ण रूपमा मर्माहित बनेकोछ । करिब ५० अन्तर्राष्ट्रिय खेल खेलेका डिओगो जोटा खेल मात्र होइन, एक असाधारण व्यक्ति थिए, साथीभाइ र प्रतिद्वन्द्वीहरूद्वारा सम्मानित, सधैं सकारात्मक ऊर्जा दिने, समाजका लागि प्रेरणादायी व्यक्तित्व ।"

"हामीले दुई जना च्याम्पियन गुमाएका छौं । डिओगो र आन्द्रेको निधन पोर्चुगली फुटबलका लागि अपूरणीय क्षति हो । हामी सधैं उनीहरूको सम्झनामा गर्वका साथ अगाडि बढ्नेछौं ।"

युरोपियन च्याम्पियनसिप अन्तर्गत स्पेनविरुद्ध आज खेल्दै गरेको पोर्चुगल महिला टोलीले युईएफएसँग खेलअघि एक मिनेट मौन धारणको अनुरोध गरेको छ ।

टिप्पणीहरू