राष्ट्रपति छाउनी नपुग्दै सादा पोशाकका सुरक्षाकर्मी छपक्कै
फाइल फाेटाे
राष्ट्रपति रामचन्द्र पौडेल आज मध्यान्ह स्वयम्भू नजिक छाउनी जानुहुने छ । उहाँ पौने १२ बजे छाउनीस्थित राष्ट्रिय संग्रहालय तथा सैनिक संग्रहालय अवलोकन गर्न जाने कार्यक्रम रहेको शीतल निवास स्रोतले बताएको छ ।
राष्ट्रपति त्यता जाँदा शीतल निवासदेखि छाउनीसम्मको मार्गमा सुरक्षा व्यवस्था बलियो बनाउन सुरक्षा निकायहरुले मातहतका इकाइलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बलले सादा पोशाकका सुरक्षाकर्मी खटाउन र त्रुटीरहित ढंगबाट जिम्मेवारी वहन गर्न लिखित निर्देशन नै दिएको छ ।
टिप्पणीहरू