बाढीमा फसेका रुख चढे, उद्धारमा ठूलो हेलिकोप्टर

बाढीमा फसेका रुख चढे, उद्धारमा ठूलो हेलिकोप्टर

भोटेकोशीमा आएको बाढीले त्रिशुली नदीको सतह बढेपछि नुवाकोटको विदुर नगरपालिका १ मा दुई जना फसेका छन् । ज्यान जोगाउन रुखमा चढेका उनीहरुको उद्धारका लागि हेलिकोप्टरबाट प्रयास भइरहेको बताइन्छ । 

स्थानीय इन्द्रेणीघाटस्थित त्रिशुली नदीमा फसेकाको यसअघि सानो हेलिकप्टरले उद्धार गर्न नसकेपछि अर्को ठूलो हेलिकप्टर पुगेको छ । बिहानै घाँस–दाउरा गर्न गएका उनीहरु नदीमा एक्कासी बाढी आएपछि फसेका हुन् ।

टिप्पणीहरू