‘श्री ५ महाराजधिराज’माथि सोधपुछ हुँदा कमल थापा क्रुद्ध
पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ ।
संविधानमा नभएको भाषा ‘श्री ५ महाराजधिराज’ लेखेर वक्तव्य सार्वजनिक गरेको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौँले पाठकसँग सोधपुछ गरेको हो । उनीसँग संवाद सचिवालयको कानुनी आधार र असंवैधानिक भाषा प्रयोग गरेको विषयमा प्रश्न सोधेको प्रहरी स्रोतले जनाएको छ ।
पाठकले पूर्वराजाको गतिविधि जानकारी दिन जारी गर्ने सूचनाहरुमा ‘श्री ५ महाराजधिराज’ प्रयोग गर्दै आएका छन् । यता उनलाई प्रहरीले सोधपुछ गरेकोमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।
श्री ५ ज्ञानेन्द्र लेखेकै कारण सोधपुछमा झिकाउनु आश्चर्यजनक र हास्यास्पद हो भन्दै उनले यसलाई सरकारको संकिर्ण मानसिकताको द्योतक भनेका छन् ।
'श्री ५ ज्ञानेन्द्र नेपालका राजा हुन्,प्राविधिक रूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनी पछि अरु कोही राजा नभएकाले उनलाई 'श्री ५ ले' सम्बोधन गर्नु स्वभाविक र मर्यादा पनि हो', थापाको भनाइ छ ।
टिप्पणीहरू