पाकिस्तानी युवतीसँग २० वर्षे टिकटकरको ‘कोर्ट म्यारिज’

पाकिस्तानी युवतीसँग २० वर्षे टिकटकरको ‘कोर्ट म्यारिज’

टिकटकमार्फत युवापुस्तामा लोकप्रिय आयुष सिंह ठकुरी विवाह बन्धनमा बाँधिएका छन् । गायक ठकुरीले पाकिस्तानी प्रेमिका एलिजे जमालीसँग काठमाडौं जिल्ला अदालत पुगेर अदालती विवाहको प्रक्रिया पूरा गरेका हुन् ।

दुवै जनाले सामाजिक सञ्जालमा विवाहको फोटो सेयर गरेका छन् । दुबई बस्दै आएकी पाकिस्तानी जमाली र २० वर्षीय आयुषबीच टिकटकबाटै परिचय भएर प्रेम सम्बन्ध सुरु भएको थियो । जमाली पछिल्लो समय नेपालमा आयुषसँगै बस्दै आएकी छन् । 

यता प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनअघि मात्रै राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ‘२० वर्ष पुग्नबित्तिकै बिहे गर्न र ३० वर्षसम्म तीन सन्तान जन्माइसक्न’ युवाहरुलाई सुझाव दिनुभएको थियो । उक्त पृष्ठभूमिमा आयुषले बिहे गरेपछि कतिपयले ‘युवाहरु प्रधानमन्त्रीको लाइनमा आएको’ प्रतिक्रिया दिएका छन् ।

टिप्पणीहरू