सात फोटोमा हेरौँ एमालेको पोलिटब्युरो बैठक
नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी मुख्यालय च्यासलमा शुरु भएको छ ।
हिजो सचिवालय बैठकले पारित गरेको विधान संशोधन प्रस्तावमाथि बैठकमा छलफल हुनेछ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा पदाधिकारीसहित स्थायी कमिटी र पोलित्ब्युरो सदस्यहरू उपस्थित छन् ।
सचिवालय बैठकले बहुमतका आधारमा पारित गरेको विधान संशोधन प्रस्तावप्रति पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्ष असन्तुष्ट छ । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पोलिटब्युरोमा जमेर छलफल गर्न नेताहरूलाई सार्वजनिक आह्वन गरिसकेका छन् ।
तस्बिरहरु






टिप्पणीहरू